आत्मघाती बम विस्फोट हुँदा पाकिस्तानको ब्लुचिस्तान प्रान्तमा ८ जनाको ज्यान गए, १६ जना घाइते

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदादाता,फागुन ६ गते।

आत्मघाती बम विस्फोट हुँदा पाकिस्तानको ब्लुचिस्तान  प्रान्तमा ८ जनाको ज्यान गएको छ भने १६ जना घाइते बनेका छन् ।स्थानीय प्रहरीका अनुसार ब्लुचिस्तान  प्रान्तको राजधानीमा निकालिएको धार्मिक र्यालीको क्रममा शक्तिशाली आत्मघाती बम विस्फोट गराइएको थियो । विस्फोट क्वेटा प्रेस क्लबको नजिकै गरिएको थियो । त्यसक्रममा केही पुलिस अफिसरको पनि ज्यान गएको बताइएको छ । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ भने केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ ।हालसम्म कुनै पनि सङ्गठनले बिस्फोटको जिम्मा लिएको छैन । छुट्टै बलोचको माग राख्ने समूह वा विद्रोही सैनिकको समूहले घटना घटाएको हुनसक्ने अनुमान गरिएको छ । किनकि यसअघि पनि यस्तै खाल्को बिस्फोट गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *