पर्साको विद्यालयमा आवश्यकता अनुसार शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिए

अनलाईन न्युजपाटी,पर्सा,समाचारदादाता,फागुन ६ गते।

पर्साको कालिकामाई गाउँपालिका–२ भडिहारीस्थित सुकइ साह माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् ।विद्यालयमा आवश्यकता अनुसार शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनरत विद्यार्थीले गाउँपालिका कार्यालयमा प्रदर्शन गर्नुको साथै तोडफोडमा उत्रिएको प्रहरीले जनाएको छ ।आन्दोलनरत विद्यार्थीका अनुसार विद्यालयमा १० कक्षासम्म अध्ययापन हुने विद्यालयमा ६ जना मात्रै शिक्षक छन् । अंग्रेजी, नेपाली, सामाजिक, अर्थशास्त्र, पेशा व्यवसाय, र कम्युटर पढाउने शिक्षक छैनन् । विद्यालयमा पर्याप्त भौतिक संरचना नहुँदा धेरै विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउने गरिएको छ ।विद्यार्थीले सोमबार विहान ११ बजेतिर विद्यालय र वडा नं. २ को कार्यालयमा तालाबन्दी गरेका थिए । वडा कार्यालयको ताला फोडेर खोलिएपछि आक्रोशमा आएका विद्यार्थी गाउँ कार्यपालिकाको कार्यालय हरिहरपुर विर्ता पुगेका थिए ।गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोज्दा विद्यार्थी र गाउँपालिका कर्मचारी, जनप्रतिनिधि र केही स्थानीयबीच झडप भएको थियो । विद्यार्थीको समूहले गाउँपालिका कार्यालयमा तालाबन्दी गर्न खोज्दा रोक्न खोजिएपछि सामान्य झडप र तनाव भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *