अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,फागुन ५ गते।
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना भक्तपुरबाट पक्राउ परेका छन्। आइतबार बेलुकी भक्तपुर ठिमीबाट बागलुङका ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेका गणेश लामा पक्राउ परेका हुन्।उनीहरुले तार्केश्वर नगरपालिका २ बस्ने ३७ वर्षीया सानुमाया लामालाई अमेरिका जानका लागि बैङ्क ब्यालेन्स देखाउनु पर्ने बताएका थिए।विभिन्न प्रलोभनमा पारी लामालाई प्राईम बैंकमा रहेको कुँवरको खातामा ६० लाख रकम जम्मा गर्न भनिएको थियो। तर भोलिपल्ट नै उनीहरुले रकम निकालेका थिए। रकम निकाल्नेवित्तिकै उनीहरु सम्पर्कविहीन भएपछि लामाले जाहेरी दिएको महानगरीय अपराध महाशाखाले प्रेस विज्ञप्तिमार्फत जनाएको छ। जाहेरी पाउनेवित्तिकै प्रहरीले अनुसन्धान थाल्दा भक्तपुरमा लुकीछिपी बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानअनुसार उनीहरुले अन्य ३ जनाबाट पनि ७० लाख लिई ठगी गरेको खुल्न आएको छ।