कैलालीमा घर आउँदै गर्दा एक पुरुषको बाटोमै मृत्यु

अनलाईन न्युजपाटी,कैलाली,समाचारदादाता,फागुन ५ गते।

कैलालीमा एक  पुरुषको मृत्यु भएको छ। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर १ बन्सा स्थायी घर भएका ८० वर्षीय नथ्था रानाको कैलालीको गोदावरी नगरपालिका स्याउँलेमा मृत्यु भएको हो। धनगढी उपमहानगरपालिका बेलामा बस्दै आएका छोरा मुली रानाको घर आउँदै गर्दा उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरिक्षक हिक्मत थापाले बताए। उनी सम्धी नाता पर्ने एक व्यक्तिको मोटरसाइकलमा धनगढी आइरहेका थिए। 

उनको मृत्युको कारण भने खुलेको छैन। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *