झापाबाट १४ किलो चाँदी र २१ किलो तामाका सामानसहित दुई जना पक्राउ

अनलाईन न्युजपाटी,झापा,समाचारदादाता,फागुन ७ गते।

झापाको मेचीनगर नगरपालिका–६, मेचीखोला नजिकबाट प्रहरीले १४ किलो चाँदी र २१ किलो तामाका सामानसहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं–६, बौद्धका ३४ वर्षीय अजित नगरकोटी र ३८ वर्षीय श्याम सुनुवार छन् । उनीहरुले बोकेको झोला खानतलासी गर्ने क्रममा चाँदी र तामाका सामान बरामद भएको झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले अनलाईन न्युजपाटीलाई बताए ।बरामद सामान ९ लाख ९८ हजार रुपैयाँ बराबरको भएको कोइरालाको भनाइ छ । बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय, काँकरभिट्टा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *