नवलपुर स्थित लर्ड ब्राईट वीज्डम ईङलिस स्कूल अगाडी मंगलबार साँझ विद्यार्थीको शव राखेर विरोध प्रदर्शन

अनलाईन न्युजपाटी,नवलपुर,समाचारदादाता,फागुन ७ गते।

नवलपुर स्थित लर्ड ब्राईट वीज्डम ईङलिस स्कूल अगाडी मंगलबार साँझ विद्यार्थीको शव राखेर विरोध प्रदर्शन गरिएको छ । । प्रहरी र विद्यालयका अनुसार उक्त विद्यालयमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीय अमन चौधरी सोमबार निर्माणाधीन होस्टल भवनमा तन्नाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए । यद्यपी प्रहरीले भने घटनाबारे गम्भिर ढंगले अनुसन्धान भईरहेको दाबी गरेको छ ।महोत्तरी जिल्ला गौशाला निवासी अस्मिन कुमारका छोरा अमनको विद्यालयको गम्भिर लापरबाहीबाट मृत्यु भएको उनका परिवारजनले आरोप लगाएका छन् । मृतक अमनका परिवारजनले आत्महत्या भनिएपनि विश्वास नै गर्न नसकिने अवस्था रहेको दाबी गरेका छन् । ‘विद्यालयको चरम लापरवाहीले मेरो छोराको मृत्यु भएको छ’, अत्यन्त भावविह्ल हुँदै अस्मिनले भने, ‘शिक्षाको नाममा पटक–पटक मेरो छोरालाई मरणासन्न हुनेगरी यातना दिने गरिएको थियो ।’विद्यालय व्यवस्थापन पक्षको गैर जिम्मेवारपन एवं लापरबाहीका कारण आफ्नो छोराको ज्यान गएको भन्दै परिवारजनले घटनाको गम्भीर ढंगले छानविन गरी दोषि उपर कडा कारबाहीको माग गरेका छन् । मृतक विद्यार्थी अमनका बुबा र आमा सोमबार साँझदेखि अचेत जतिकै छन् ।सोमबार दिउँसो अस्मिन दम्पति विद्यालयमै आएर छोरालाई भेटी घर फर्किएका थिए । तर घर पुगेको केही समयमै अस्मिनको मोबाईलमा विद्यालय प्रशासनबाट तत्काल आउनोस्, भनेर फोन आयो । अस्मिनका अनुसार उनीहरु विद्यालय आउँदा हरिवनको नमूना बोलाईयो । ‘नमूना अस्पताल पुग्दा त एकछिन अगाडी हाँसीखेली गरेर फर्किएका हाँमीले छोराको लास पो देख्यौं’, अस्मिनले भने, ‘घटनाको बारेमा यथार्थ नभनेर हाँमीलाई झुक्याईयो, त्यसैले यसमा ठूलो शंका देखिन्छ ।’आफन्तजनले अवरोध गरेका कारण सोमबार राती झण्डै १ बजेमात्र हरिवनको नमूना अस्पतालबाट अमनको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल लगिएको थियो । प्रहरीले जबर्जस्त गरेर राती मृत बालकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा लगेको परिवारजनको दाबी छ । तर प्रहरीले भने मृतकको शव धेरैबेर अस्पतालमै राख्दा उपचार गराउन आएका अन्य विरामी एवं आफन्तलाई डिस्टर्व हुने भएकाले शव मलंगवा पठाईएको बतायो ।मंगलबार पनि साँझ मात्र आफन्तले मृतक बालकको शव पोष्टमार्टम पश्चात बुझेका थिए । पोष्टमार्टम पश्चात बालकको शव घरतर्फ लिएर जाने क्रममा आफन्त एवं परिवारजनले झण्डै एकघण्टा लर्डब्राईट स्कूल अगाडी नवलपुर–मलंगवा सडकखण्ड चक्काजाम सहित विरोध प्रदर्शन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *