पर्साबाट २० करोड मुल्य बराबरको चरेससहित दुई जना पक्राउ

अनलाईन न्युजपाटी,पर्सा,समाचारदादाता,फागुन ७ गते।

पर्साको सीमावर्ती भारतीय बजार सिक्टाबाट भारतीय सुरक्षाकर्मीले झण्डै २० करोड मुल्य बराबरको चरेससहित दुई जनालाइ पक्राउ गरेको छ। भिस्वा नाका हुदै स्कार्पियो गाडीमा राखेर भारत भित्रयाइएको ५० केजी चरेससहित दुई जना भारतीय बुधबार पक्राउ परेका हुन्।भारत प्रवेश गरेको बि आर ०४ पिए १५८० नम्बरको स्कार्पियो गाडी, भारतीय सीमा नाका सिक्टामा भारतीय सशस्त्र सीमा बलले रोकेर चेकजाच गर्दा  ५० केजी चरेस बरामद भएको हो। चरेससहित एसएसबीले भारतको बिहार राज्यको छपराका ३४ बर्षीय अजय कुमार र राजन कुमार सिंहलाई पनि नियन्त्रणमा लिएको हो। स्कार्पियो गाडी चेकजाच गर्दा गाडीभित्र लुकाएर राखिएको अवस्थामा आधा आधा केजी तौलको एक सय प्याकेट चरेस बरामद भएको एसएसबी ४७ नम्बर बटालियन रक्सौलका कार्यवाहक प्रमुख राज कुमार खलखोलेले बताए।‘चरेससहितको गाडी भित्रिदैछ भन्ने पूर्वसूचना हामीलाइ थियो’ खलखोलेले भने ‘ त्यहि सूचनाको आधारमा बुधबार बिहान खटिएको एसएबीको विशेष टोलीले नेपालबाट छिरेको गाडी सिक्टा बसपार्कमा रोकेर चेकजाँच गर्दा दुइ वटा झोलाभित्र राखिएको ५० केजी चरेस बरामद भएको हो।’ बरामद चरेसको बजार मुल्य बजार भारु साढे १२ करोड   रहेको खलखोलेले बताए। चरेश बरामद भएको स्कार्पियो गाडी भारतीय केन्द्रिय रिजर्भ पुलिस फोर्स  मा कार्यरत एक जवानको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसएसबीले जनाएको छ। गाडीधनीको बारेमा थप अनुसन्धान भइरहेको खलखोलेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *