अनलाईन न्युजपाटी,बाजुरा,समाचारदादाता,फागुन ८ गते।
बाजुरामा ४.३ रेक्टरको भूकम्प गएको छ ।जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमाना केन्द्रबिन्दु भएर बुधबार राति ९:१३ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएको छ ।भूकम्पबाट क्षति भएबारे अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको बाजुराका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले अनलाईन न्युजपाटीलाई जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय, बाजुराले भूकम्पपछिको अवस्थाबारे जानकारी गराउन मातहतका कार्यालयलाई निर्देशन दिएको जनाएको छ ।