भारतका योगगुरु रामदेव नेपाल भ्रमण बर्ष सफल पार्न विभिन्न योजनासहित नेपाल आउने तयारीमा

अनलाईन न्युजपाटी, पोखरा,समाचारदादाता,फागुन ८ गते।

भारतका योगगुरु रामदेवले नेपाल भ्रमण बर्ष सफल पार्न विभिन्न योजनासहित नेपाल आउने तयारी गरेका छन्।नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न र नेपालमै आयुर्वेदिक औषधी उत्पादन र गुरुकुल स्थापना गर्ने कार्यतालीका बनाएर रामदेव पोखरा आउन लागेका हुन्।रामदेव नेपाल आउँदा उनीसँगै एक हजार योग गुरु पनि आउने बताइएको छ। पतञ्जली योगपीठ नेपालका संरक्षकसमेत रहेका शालिकराम सिंहका अनुसार आगामी चैत २२ देखि पोखरामा हुने तीनदिने योग शिविर सञ्चालन गर्न र पश्चिमाञ्चलको तीन स्थानमा गुरुकुल संस्था सञ्चालनका लागि भूमिपूजा गर्न रामदेव नेपाल आउँदैछन्।तीन दिने नेपाल बसाईमा रामदेवले पोखरासँगै कपिलवस्तु, भैरहवा, लुम्बिनी, चितवनलगायत गण्डकी र बाग्मती प्रदेशका विभिन्न जिल्ला भ्रमण गर्ने सिंहले अनलाईन न्युजपाटीलाई जानकारी दिए।सोहीक्रममा रावदेवले प्रधानमन्त्री तथा विभिन्न विभागी मन्त्रीहरु विभिन्न दलका शिर्ष नेताहरुसँग भेटघाट पनि गर्नेछन्। रामदेवकै पतञ्जलीले पोखरामा आयुर्वेदिक कम्पनी सञ्चालनको तयारीसमेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *