अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदादाता,फागुन १६ गते।
विराटनगर बसपार्क छेउमा लागूऔषधसहित एक दम्पती पक्राउ परेका छन् ।शुक्रबार बिहान ५ बजे उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा विराटनगर पिचराका दिपेश श्रेष्ठ र उनकी पत्नी तृष्णालाई पक्राउ गरेको हो ।उनीहरुको साथबाट लुपिजेसिक, एभिल, डाईजोल्यापनामक २६० थान बरामद गरेको छ । यस्तै तीन थान सिरिन्ज पनि बरामद भएको प्रहरीले जनाएको छ ।