पूर्वमन्त्री सञ्जयकुमार शाहले भ्रष्टाचार गरेको प्रमाणित, साढे १९ करोड जरिमाना सहित ४ वर्ष कैद

अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता,फाल्गुन १६ गते।

पूर्व राज्य मन्त्री सञ्जयकुमार शाहलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण विशेष अदालतले मुद्दामा दोषी ठहर गरेको छ । शाहलाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा १९ करोड ४३ लाख ३८ हजार ९ सय ८३ रुपैयाँ जरिमानासहित चार वर्ष कैद सजाय हुने फैसला भएको छ ।

विशेष अदालतका न्यायाधीशहरू कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारूको इजलासले पूर्वमन्त्री शाहलाई भ्रष्टचारी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहले मन्त्री र सांसद हुँदा आय आर्जन गरेको वैध आयको तुलनामा ३१ करोड ५० लाख २६ हजार ५ सय ५९ रुपैयाँबराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको र त्यसलाई परिवारको नाममा राखेर लुकाएको अभियोगमा गत २५ पुसमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

भ्रष्टाचार मुद्दासँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि पूर्वमन्त्री शाहविरुद्ध ३२ करोडको मुद्दा दायर गरेको थियो । सम्पत्ति लुकाउन सहयोग गरेको अभियोगमा साहसहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *