६ किलो भन्दा बढी सुनसहित भारतीय नागरिक मकवानपुरमा पक्राउ

अनलाईन न्युजपाटी,हेटौडा,समाचारदादाता,फागुन २० गते।

प्रहरीले ६ किलो  भन्दा बढी सुनसहित भारतीय नागरिकलाई मकवानपुरमा पक्राउ गरेको छ ।काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्री बसलाई पूर्वपश्चिम राजमार्गको हेटौंडा-१५ रातोमाटेमा चेकजाँच गर्दा सुनसहित भारत कर्नाटका ४२ बर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।ठूला उपकरणमा प्रयोग हुने फलामको बेरिङभित्र राखेर ल्याएको सुन बरामद गरेको मकवानपुरका प्रहरी उपरिक्षक सुशील सिंह राठौरले जानकारी दिए । प्रहरीका अनुसार बरामद भएको सुन नेपाली बजार मूल्यअनुसार ४ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको छ । अब्दुललाई आवश्यक कारवाहीका लागि सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *