अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,फागुन २१ गते।
गोरखामा निर्माणाधीन पुल ढल्दा तीन जना कामदार घाइते भएका छन्।मध्यपहाडी राजमार्ग अन्तर्गत गोरखाको पालुङटार र तनहुँ तुरतुरे जोड्ने मर्स्याङ्दी नदीमाथि निर्माण भइरहेको पुल मंगलबार राति ढलेको हो।पुलको ढलान गर्न छड कसिरहेका तीन जना कामदार घाइते छन्। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार दुई जना कामदारलाई स्थानीय मेडिकलमा र एक जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।