अनलाईन न्युजपाटी,कैलाली,समाचारदादाता,फागुन ३० गते।
कैलालीको घोडाघोडी नगरपालिका १ घोडाघोडी ताल नजिकै विङगरले मोटरसाईकल लाई ठक्कर दिदा एक जना घाईते भएका छन् । पश्चिम बाट पुर्व आईरहेको मोटरसाईकल लाई सोही दिशा बाट आईरहेको विङगरले ठक्कर दिदा दुर्घटना भएको हो । घाईते हुनेमा मोटरसाईकल चालक घोडाघोडी नगरपालिका १ बेलारका ३० बर्षिय बिक्रम शाही रहेको प्रहरीले जनाएको छ । घाईतेको सुखड स्थित घोडाघोडी अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । घोडाघोडी ताल नजिकै सु.प.प्र ०१-००१ ल ११९८ नम्बरको विङ्गरले र से १ ७ प ६९४७ नम्बरको मोटरसाईकल लाई ठक्कर दिएको बताईएको छ । विङगर चालक लम्की १ का ३१ बर्षिय दिपक प्रसाद जैशी लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।