माटो खन्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर चौताराकी २३ वर्षीया आरती बिकको मृत्यु

 अनलाईन न्युजपाटी,अर्घाखाची,समाचारदादाता,फागुन ३० गते।

माटो खन्ने क्रममा माथिबाट खसेको ढुंगा टाउकोमा लागेर सन्धिखर्क नगरपालिका–११ चौताराकी २३ वर्षीया आरती बिकको मृत्यु भएको हो। माटो खन्दै जाँदा ढिस्को भत्किएर माथि आडैमा रहेको ढुंगा खसेर टाउकोमा लागेर बिकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाउको छ। उनी बिहीबार साँझ घर पोत्ने माटो खन्न घर नजिकैको जंगलमा गएकी थिइन्। उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *