अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,चैत ६ गते।
काठमाडौंका विभिन्न स्थानबाट मास्क, सेनिटाइजर कालोबजारी गर्ने तीन जना पक्राउ परेका छन्।बुधबार महानगरीय अपराध महाशाखाबाट गोप्य सूचनाका आधारमा खटिएको टोलीले मास्क र सेनिटाइजर कालोबजारी गर्ने एक महिलासहित तीन जनालाई पक्राउ गरेको हो।प्रहरीले काठमाडौं महानगरपालिका-२४ बस्दै आएका ३५ वर्षीय रुपेश रौनियार, टोखा बस्ने २५ वर्षीय पुरुषोत्तम अधिकारी र गौरीघाट बस्ने ३० वर्षीया मिना घिमिरेलाई पक्राउ गरेको हो। उनीहरूबाट ११ हजार ४ सय ५५ थान मास्क, १५ सय ५ बोतल सेनिटाइजर तथा सेनिटाइजर खरिद विक्रीको बिलहरू बरामद गरिएको महाशाखाले जनाएको छ।