मध्यप्रदेशमा बुधबार राति सवारी दुर्घटनापछि जलेर पाँच जनाको मृत्यु

अनलाईन न्युजपाटी,एजेन्सी ,समाचारदादाता,चैत ६ गते।

भारतको मध्यप्रदेश राज्यको शाजापुरमा बुधबार राति सवारी दुर्घटनापछि जलेर पाँच जनाको मृत्यु भएको छ ।समाचार एजेन्सीहरुका अनुसार एउटा ट्रक अनियन्त्रित भएर सडकमै पल्टिएको थियो । उक्त ट्रक पल्टिएलगत्तै पछाडिबाट आइरहेको अर्को ट्रक ठोक्किएपछि अचानक आगलागी भएको थियो ।उक्त आगलागीका कारण जलेर एउटा ट्रकमा सवार चार जनाको मृत्यु भएको जनाइएको छ । त्यस्तै अर्को ट्रकमा रहेका तीन जनालाई घाइते अवस्थामा अस्पताल लगिएकोमा एक जनाको उपचारकै क्रममा मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shared
Shared