लकडाउनमा पनि लगाएको रुखमा पानी हाल्न छाडेन्न चौरसीया

अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता,चैत २३ गते।

कृष्ण यादव,

कोरोना भाइरस (कोभिड–१९ )को संक्रमण विश्वभर फैलिरहेको अवस्थामा नेपाल पनि जोखिममा छ । सिमावर्ती देश चिनबाट आएको कोरोना भाइरसको संक्रमणले अर्को छिमेकी मुलुक भारतमा पनि प्रभाव परेको छ ।त्यसकारण भाइरसको संक्रमण फैलन नदिन सरकारले नेपाललाई पनि पुर्ण रुपमा लकडाउन गरेको छ । सरकारले कोरोना भाइरसको रोकथामका लागी अतिआवश्यकका काम बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै आएको छ । सरकारले लकडाउन उल्लघंन गर्नेलाई नियमअनुसार कारवाही पनि गरीरहेको छ । तर ,वीरगन्जको मुटु भनिने घण्टाघर चोकमा रहेको मोहन भण्डारका संचालक वीरगन्ज नगवाका मोहन चौरसीयालाई न लकडाउनले रोक्न सक्छ ना त चर्कोले घामले नै । उनी अन्य दिन जस्तै लकडाउनमा शनिबारको चर्को घाममा पनि पसलमा आए । लकडाउनमा अहिले पान बेच्न बन्द गरेपनि आफ्नो पानको पसल आउन नछाडेको बताउँछन । उनी दैनिक रुपमा नगवादेखी घण्टाघर चोक रहेको पान पसल दिनको दुईपटक आउँछन । उनी आफ्नो विभिन्न छिमेकी पसलका संचालक अर्थात व्यवसायीको सहयोगमा पसल अगाडी रुख लगाएका छन । महानगरपालिकामा रुख लगाउन काम उनको नभएपनि उनी वातावरण जोगाउन लागीपरेका छन । पसल नजिक विभिन्न पसल संचालन गरेर बसेकाहरुको सहयोगमा आफ्ना पसलको अगाडी अशोकाको रुख रोपेका छन । त्यसलाई नै बचाउन अर्थात संरक्षणका लागी पानी हाल्नलाई उनी घरबाट दिनमा दुईपटक आउने गरेको बताउँछन । चौरसीया रुखमा पानी हाल्नका लागी बाल्टिनको प्रयोगमा पालैपालौ सबैमा पानी हाल्ने गर्छन । लकडाउन हुनु अगाडी उनी आफ्नो र केहि छिमेकी व्यवसायीहरुको सहयोगमा ११ वटा अशोकाको रुख रोपेर बासको फाटाले घेरेर संरक्षण गरीरहको बताउँछन । चौरसीयाले रुख लगाएर मात्र नभएकाले संरक्षणका लागी पानी हाल्ने भएपछि सधै दिनमा आएर पानी हाल्ने गरेको बताउँछन । चौरसीया जस्ता व्यतिले सार्वजनिक ठाँउमा वातावरण संरक्षण गर्दे रुख लगाउन थाले देशमा वातावरण बिनास हुनुको साटो संरक्षण हुनेतर्फ भईसकेको हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *