कोरोनाको कारण वाराणसीमा पहिलो व्यक्तिको मृत्यु: चार इलाकामा कर्फ्यू

अनलाईन न्युजपाटी एजेन्सी समाचारदाता ,चैत्र २३  गते।

कोरोनाको कारण वाराणसीमा पहिलो व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुने बिरामी गंगापुरका थिए, जसको रगतमा कोरोना  positive रिपोर्ट आएको छ ।  उक्त बिरामीको मृत्यु पश्च्यात इलाकामा कर्फ्यू लगाइएको छ। साथै शहरको चार इलाकामा मदनपुरा, बजारडीहा, लोहटा र गंगापुरमा कर्फ्यू लगाइएको छ।  आइतवारका दिन दुई नयाँ कोरोना positive घटनाहरू आएको छ । पहिलो घटना बजारडीहा क्षेत्रको हो जहाँ जमातबाट फर्केका एउटी महिला जसको रगतमा कोरोना  positive रिपोर्ट फेला पर्‍यो भने दोस्रो घटना गंगापुरमा कोरोना पॉजिटिभ बिरामीको मृत्युसँग सम्बन्धित छ। हिजो राति यी दुईको रिपोर्टमा कोरोना positive आएको थियो । यसभन्दा पहिले वाराणसीमा  बिरामीहरूमा कोरोना positive रिपोर्ट आएको थियो र उनीहरुको उपचार भइरहेको छ, साथै  फुलपुरका एक बिरामी पनि छन् जो निको भएर घर फर्किएका छन्। मर्ने बिरामी मधुमेह र मुटुको बिरामी थिए।  १  मार्चका दिन उनि कोलकाताबाट वाराणसी फर्केका थिए । उनलाई रक्तचापको समस्याको कारण उनलाई उपचारका लागि BHU लागिएको थियो।  बिरामीको मृत्यु पछि रगतमा कोरोना positive रिपोर्ट आएको छ। रिपोर्टका अनुसार उनको घरमा १० सदस्य छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *