अनलाईन न्युजपाटी,सुनसरी,समाचारदाता,चैत २३ गते।
लकडाउनका बेला सुनसरीको दुहबीस्थित एक इँटा उद्योग सञ्चालन गरेको विषयमा विवाद हुँदा झडप भएको छ ।सञ्चालन गर्ने पक्ष र विपक्षमा उत्रिएका दुई समूहबीच झडप हुँदा एक दर्जन बढी घाइते भएको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणभन्दा बाहिर जाँदा घटनाले फरक मोड लिन पुगेको हो । दुबही–९ स्थित छाताबेलीमा रहेको जयबाबा इँटा उद्योग सञ्चालन गरेको विषयमा स्थानीयका दुई समूहबीच विवाद उत्पन्न भएको थियो । आज बिहान करिब ८ बजेतिर झडप भएको छ ।घटनामा १३ जना घाइते भएको उल्लेख गरिएको छ ।