वीरगंजमा भोली शनिबार देखि अति आवश्यक पसलहरु खोल्ने

अनलाईन न्युजपाटी कृष्णा यादब, वीरगंज,समाचारदाता, बैशाख ०५  गते।

कोभिड १९ कमाण्ड पोष्ट पर्साले आज शुक्रवार बसेको बैठकले लकडाउनको नोबेल कोरोना भाईरसको मध्य नजर गरि जनताको चाहिने यति आवशयक वस्तुहरुको पसल खोल्ने सूचना सार्वजनीक गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कार्कीको अध्यक्षतामा भएको बैठकले आपूर्ती ब्यवस्था सहज बनाउनकालागि महत्वपूर्ण निर्णय गरेको छ ।

लकडाउनको आज २५ औ दिन सम्मको अवस्थालाई मध्य नजर गरि बसेको समिक्षा बैठकले पर्साबासिको सहज यति आवशयक तरकारी पसल, किराना पसल लगाएतका पसलहरु भोली शनिबार देखि खोल्ने निर्णयमा पुगेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता ललित कुमार बस्नेतले जानकारी दिनु भयो ।

कोभिड (१९) कमाणड पोष्टको बैठकले अत्यावश्यक बस्तुहरु खाद्य,किराना,पानी ग्यासको बिक्री बितरणका पसलहरु बिहान ११ बजे देखी दिउसो ३ बजे सम्म खुला राख्ने निर्णय गरेको छ । औषधी पसलभने २४ घण्टा खुला रहने छ ।

पर्सा जिल्लामा खुला स्थानमा तरकारी र फलफूलको बिक्री बितरणलाई  रोक लगाएको छ भने होम डेलीभरि गर्न दिने निर्णय भएको छ । त्यसैगरि साँगुरा गल्ली, ठेलागाडा र चोकहरुमा पनि तरकारीको बिक्री बितरणलाई रोक लगाइएको छ । बैठकले अत्यावश्यक बस्तुहरुको खरिद बिक्री गर्ने क्रममा कोरोना भाइरसको संक्रमणको जोखिम हुन नदिन  ,भिडभाड हुन नदिन उपभोक्ताहरुलाई कम्तिमा ३ फिटको दुरी कायम गरि लाइनमा राख्नु पर्ने निर्णय गरेको छ ।

संक्रमण नफैलियोस भन्नकालागि ब्यापारी र उपभोक्ता  सबैले मास्कको प्रयोग अनिवार्य रुपमा गर्नु पर्ने निर्णय शुक्रवारको बैठकले गरेको छ ।  अत्यावश्यक सामान खरिद गर्न जादा सवारी साधनको प्रयोग गर्न नपाइने प्रवन्ध समेत गरिएको छ ।

अत्यावश्क बस्तुहरु उत्पादन गर्ने उधोग तथा  बिक्री गर्ने बितरकहरुले  संक्रमणको जोखिम नहुने गरि आफनो उधोग वा प्रतिष्ठानमा कार्यरत कर्मचारी मजदुरहरुकालागि स्यानेटाइजर,मास्क तथा पञ्जाको ब्यवस्था गर्नु पर्ने निर्णय भएको छ ।

उधोगले २५ जना भन्दा बढी ब्यक्तिहरु एक ठाउमा जम्मा हुन नदिन र समाजिक दुरीलाई कायम  राख्नु पर्नेमा ध्यान दिन र  त्यसकुराको सुनिश्चितताकाको लागि बीरगंज उधोग बाणिज्य संघलाई जिम्मेवारी दिने निर्णय भएको प्रवक्ता बस्नेतले बताउनु भयो ।

पर्सा जिल्लाका बिभिन्न वीरगंज लगाएत विभिन्न स्थानिय तहमा राखेको क्वारेन्टिनमा रहेका र १४ दिन पुगेकाहरुको आरडिटी टेस्ट गर्ने  र नेगेटिभ रिर्पोट आएमा १ हप्ता  होम क्वारेन्टिनमा बस्ने गरिआवश्यक प्रक्रिया पुरा गरे आफन्तको जिम्मा लगाउने साथै पिसीआर गरि नेगेटिभ आएका जमाती बाहेककालाई पनि होम क्वारेन्टिनमा रहने गरि आफन्ताको जिम्मा लगाउने निर्णय भएको छ ।

बैठकमा बीरगंजमहानगरपालिकाका प्रमुख बिजय कुमार सरावगी ,मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्याय, बीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरुण कुमार महतो, प्रमुख सेनानी मदनजंग राणा ,प्रहरी उपरिक्षक गंगा पन्ता सशस्त्र प्रहरी उपरिक्ष दिपेन्द्र कुँवर, उप अनुसन्धान निर्देशक कुमार खडका बीरगंज उधोग बाणिज्यसंघका बरिष्ठ उपाध्यक्ष सुवोध गुप्ता लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *