२ जना अपरिचत महिलाले पैशा फ्यालेर भागेपछि जनकपुरका स्थानीय त्रसित

अनलाईन न्युजपाटी जनकपुरधाम ,समाचारदाता, बैशाख ०५  गते।

आज दिउँसो दुईजना महिलाले सडकमा पैसा फ्यालेर भागेपछि स्थानीयवासी त्रसित बनेका छन् ।जनकपुरधाम उपमहानगरपालिका–४ महावीर चोकमा शुक्रबार १२:३० दिउँसो  बजेतिर दुईजना महिलाले १० रुपैयाँको नोट छरेर भागेको स्थानीयवासीले बताएका छन् ।

नीलो र हरियो रङको साडी लगाएका उनीहरुले करिब १०० मिटर दूरीसम्म सडक र पसलको छेउमा रुपैयाँ फ्यालेका थिए । स्थानीयका अनुसार सडकमा पैसा किन फ्यालेको भनेर सोधेपछि दुबैजना पेठिया बजारतर्फ भागेका छन् ।

स्थानीयवासीकाअनुसार तीन-चारजना मानिसले उनीहरुले फ्यालेको रुपैयाँ सडकबाट उठाएका छन् । त्रसित बनाएका स्थानीयहरुले तत्काल प्रहरीलाई खबर गरेका थिए ।सडकमा रुपैयाँ फ्याल्ने महिलाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । साथै स्थानीयवासीले दिएको सूचनाका आधारमा प्रहरीले रुपैयाँ टिप्ने व्यक्तिहरुको समेत खोजी गरिरहेको छ ।

सीसीटीभी फुटेज नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ति महिलाहरु कहि कतै फेला परेमा नजिकको प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय धनुषा समेतमा जानकारी गराउन हुन समेत अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *