अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, बैशाख ०६ गते।
आज फेरि एक जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ६५ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोभिड-१९ का संक्रमित ३१ पुगेको छ। आजैमात्र दुई जना निको भएर घर फर्किएका छन्।तीन जना निको भइसकेका छन् भने २८ जना विभिन्न अस्पतालमा उपचाररत छन्।