जनकपुरधाममा रकम छरेर फरार दुई महिला पक्राउ

अनलाईन न्युजपाटी जनकपुरधाम, समाचारदाता, बैशाख ०६ गते।

जनकपुरधामको सडकमा रकम छरेर भाग्ने दुईजना महिला पक्राउ परेका छन् । दुबै महिला जनकपुरधाम  उपमहानगरपालिका वडा नं. ७ जानकी नगर निवासी हुन। प्रहरीले शनिबार दुबै महिलालाई प्रहरीले पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ७ की आमुना खातुन र अलिना खातुन छन्। दुबै महिला नाताले नन्द र भाउजू हुन् । शुक्रबार जनकपुरधाम उपमहानगरपालिका–६ स्थित महावीर चौकमा १० रुपैयाँको झण्डै १५ वटा नोट छरेर उनीहरू फरार भएका थिए । नोट छरेर फरार भएपछि महावीर चौक क्षेत्रमा त्रास बढेको थियो ।

प्रहरीले ती नोटहरु संकलन गरी अनुसन्धानको लागि प्रदेशकि अस्पताल जनकपुरमा पठाएको छ । यस्तै प्रहरीले रकम छरेर त्रास फैलाउने दुबै महिलाको तस्बीर सीसीटभीबाट पत्ता लगाइ पक्राउ गर्न सार्वजनिक गरेको थियो । उनीहरुले रकम किन छरेको हो ? भन्ने सन्दर्भमा अनुसन्धान हुन बाँकी छ । छरिएको नोट कोरोना संक्रमण सम्बन्धी रिपोर्ट आएपछि बाँकी प्रक्रिया अगाडि बढाइने धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *