सप्तरी स्थित सप्तकोसी नगरपालिकाका तीन वटा टोललाई सिलबन्दी

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, बैशाख ०६ गते।

कोरोना संक्रमणको त्रासले सप्तरीको सप्तकोसी नगरपालिकाका तीन वटा टोललाई शनिबार सिलबन्दी गरेको छ । नगरपालिका स्तरीय विपद् व्यवस्थापन समितिको निर्णयले शनिबार बिहानदेखि नगरपालिकाको वार्ड नम्बर १ फत्तेपुर बजार, वार्ड नं. २ सिद्धिपुर र वार्ड नं. ४ बलारदह टोललाई सिलबन्दी गरिएको नगरप्रमुल उत्तमकुमार शर्माले जानकारी दिनुभयो । शुक्रबार उद्यपुर जिल्लाको भुल्के स्थित मस्जिदमा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सप्तकोसीका तीन टोललाई सिलबन्दी गरेको बताइएको छ ।

सिलबन्दी गरिएको गाउँमा मुस्लिम समुदायको एक सय घर परिवारको बसोबास रहेको छ । ती घर परिवारका गरी ६५० मुस्लिम जनसंख्या रहेको छ ।सिल गरिएको टोलबासीको रयापीड डाइग्नोस्टिक परीक्षण (आरडीटी) गर्ने तयारीमा रहेको उहाँले यसको लागि राजविराज स्थित स्वास्थ्य कार्यालयलाई आग्रह गरिसकेको जानकारी दिनुभयो ।

उद्यपुरमा कोरोना संक्रमित भेटिएका भारतीय तथा नेपाली नागरिकहरु गत फागुन ३ गते देखी ५ गते सम्म सप्तरीको बोदेबरसाइन नगरपालिका ५ जाँजर स्थित आयोजित इज्तिेमा सहभागी भएको थियो । त्यसपछि जिल्लाको विभिन्न मस्जिदमा जमात बस्दै उदयपुर पुगेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *