दक्षिण बंगालको खाडीमा शक्तिशाली चक्रवात, २-३ दिनसम्म पूर्वी नेपालमा हुरी, बतास र वर्षा हुने

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ ५ गते

हाल दक्षिण बंगालको खाडीको मध्य भागमा अंपुन (AMPHAN) शक्तिशाली चक्रवात धेरै शक्तिशाली चक्रवातको रुपमा विकसित भैसकेको छ। उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा मंगलबार बाट पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २-३ दिनसम्म देशै भरि बदली भई केहि स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात र एक/दुई स्थानमा भारी हिमपात समेत हुन सक्ने भएकोले जल तथा मौसम बिज्ञान बिभागले सतर्कता अपनाउन हुन अनुरोध छ ।

हाल अंपुन भारतको ओडिसा हुँदै १३ किलोमिटर प्रतिघण्टाको दरले उत्तरतर्फ सरिरहेको छ । १९ मेसम्म यसको वेग १८० किलोमिटर प्रतिघण्टासम्म पुग्ने अनुमान छ । भारतमा यसले पुर्याउन सक्ने क्षति रोक्नका लागि पश्चिम बंगालमा ७ र ओडिसामा १० वटा विशेष टोली परिचालन गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यसबारे छलफल गर्न गृहमन्त्रीसहितको विशेष बैठक आह्वान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *