अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ ५ गते
कोरोनाभाइरस (कोभिड–१९) को पछिल्लो परीक्षणअनुसार थप ५३ जनालाई सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ३५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो ।
उहाँका अनुसार हालसम्म सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सङ्क्रमित सबैको कन्ट्याक्ट ट्रेसिङ भइरहेको मन्त्रालयले जनाएको छ ।
भेरी अस्पताल बाँकेबाट एक माहिला सहित ४६ पुरुष कुल ४७ जना ,त्यस्तै मोरंग प्रादेशिक प्रयोगशालामा मोरंगका एक जना पुरुष ,भैरहवाको प्रयोगशाला गुल्मीको ४१ एक जना पुरुष ,धुलिखेलको प्रयोगशाला धनुषाका एक जना, रौतहट एक जना, धादिंग एक जना र दाङ्ग एक जना लाई संक्रमण भएको हो ।
सङ्क्रमितहरू १८ देखि ४६ वर्ष उमेर समूहका रहेका छन् । सङ्क्रमित ५३ मध्ये बाँकेमा एकजना महिलालाई पनि सङ्क्रमण भएको छ ।