अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता, साउन २ गते।
केराबारी गाउँपालिका अध्यक्ष रोहित कार्कीमाथि छुरा प्रहार भएको छ । शुक्रबार दिउँसो कार्यालयभित्र कार्कीमाथि छुरा प्रहार भएको हो ।
गम्भिर भएको कार्कीको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ ।

केराबारी १० का भवन ठाकुरीले अध्यक्ष कार्कीलाई काटेको इलाका प्रहरी कार्यलय बेलबारीका इन्स्पेक्टर ऋषिराज ढकालले बताए । ढुङ्गा,गिट्टी कारोबारको विषयमा ठाकुरीले चक्कु प्रहार गरेका थिए । अध्यक्ष कार्कीको गार्डको खुकुरी समेत खोसेर अध्यक्ष माथी आक्रमण भएको प्रहरीले बताएको छ । उनको टाउकोमा गम्भिर चोट लागेको प्रहरी बताउँछ ।