गण्डकी प्रदेशमा फेरी थपिए २५ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी पोखरा,समाचारदाता, साउन २ गते।

गण्डकी प्रदेशमा २५ जना  कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जनाए अनुसार शुक्रबार बिहान गण्डकी प्रदेशका नवलपरासी र तनहुँ गरी २  जिल्लाका थप २५  जनामा संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकीमा संक्रमितको संख्या १२५६ जना पुगेको छ ।

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *