धनुषाको शम्भु सदाको घटना न सेलाउदै सप्तरीमा दलित युवाको हत्या

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, साउन २ गते

धनुषाको शम्भु सदाको हत्या नसेलाउदै सप्तरीमा दलित युवाको हत्या भएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका कचनदाहाको त्रिभुवन रामलाई अज्ञात समूहले अपहरण गरि हत्या गरेको छ । हाम्रो दलित माथी दिन प्रति दिन घटना घाटदै गएको छ ।

गम्भीर ध्यानाकर्षण भएको छ। जनताको जीउ ज्यानको सुरक्षा प्रदान गर्न नसक्ने कस्तो सरकारको कानुन रहेको बताए । नेपालमा शान्ति सुरक्षाको भारोसानै न रहेको स्थानीयको आरोप रहेको छ ।प्रदेश नम्बर  २ मा मधेशि दलितहरू माथि दिनदिनै जातीय छुवाछूत , विभेद, हत्या, हिंसा बढिरहेको बेलामा तिनै तहका सरकारको आँखा कहाँ बागिएको छ दलित माथी किन जादैन ।

प्रदेशमा उच्च जातजातिका ब्यक्ती माथि समान्य घटना घटेको भए पुरै नेपाल तातिने थियो। तर गरिब निमुखा बिपन र मधेशका जिल्लामा गैर दलितद्धारा र सरकारका जिम्मेवार निकायद्वारा हत्या हुदा पनि सरकार अँखा बन्दगरेको छ । नागरिक समाज र राजनीति दलहरुको मुखमा बोलि नै छैन ।

दलित माथि एकपछि अर्को गरि भैरहेको नरसंहार को विरुद्ध संघर्ष जरूरी देखिन्छ  । न्यायको लागि विभिन्न जिल्लाबाट पुग्नु भएको संयुक्त दलित मोर्चाका केन्द्रीय संजोयक शिव कुमार महरा र दलित अधिकार कर्मी हरिन्नदन अम्बेडकर तथा अगुवा नेताहरूलाइ पुगेका छन्। दलित जागरण केन्द्र नेपाल गोलबजार सिरहाका सचिव संजय महराले घटनाको निश्पक्ष छानविन र दोषिमाथि कारवाहिको माग गरेका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *