प्रहरीद्धारा बहादुरगंज कृष्णनगरमा कोरोना सचेतना र्याली

अनलाईन न्युजपाटी प्रिन्स मिश्र, कपिलवस्तु समाचारदाता साउन २ गते

इलाका प्रहरी कार्यालय बहादुरगंज र इलाका प्रहरी कार्यालय कृष्णनगरले कोरोना सचेतना र्याली निकालेको छ । लकडाउन खुकुलो भए पनि कोरोना महामारीको संक्रमण कम नभएको भन्दै सर्वसाधारणलाई सचेत बनाउन विहान ९ बजे र्यालीको आयोजना गरिएको इलाका प्रहरी कार्यालय बहादुरगंजका नायब निरीक्षक धर्मराज भण्डारीले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय बहादुरगंजबाट सुरु भएको र्यालीले  आएर पुनः फर्किएर बहादुरगंज चौकमा कोण सभामा परिणत भएको थियो । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट सुरु भएको र्याली गोल घर हुदै कृष्णनगर बजार परिक्रमा गरेर  कोण सभामा परिणत भएको  थियो l

लकडाउन खुकुलो भए पनि कोभिड १९ को संक्रमण अझै न्यूनीकरण नभएकाले लापरबाही गर्न नहुने इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताउनु भएको छ । प्रहरीद्धारा बहादुरगंज,कृष्णनगरमा कोरोना सचेतना र्याली निकालिएको थियो

उक्त र्यालीमा ५ दर्जन सुरक्षाकर्मी, नगरपालिकाका जन प्रतिनिधि, नागरिक समाज, आफन्त नेपाल, पुनर्स्थापना गृह तथा संघ संस्थाका प्रमुखले दुई मिटरको सामाजिक दुरी कायम गरौँ, बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गरौँ, साबुन पानीले हात धोऔँ लगायतका प्ले कार्ड बोकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *