कञ्चनपुरमा १४ लाख बढिको अवैध सामान बरामद

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता, साउन २ गते।

कञ्चनपुरमा भन्सार छली गरी ल्याउदै गरेका १४ लाख बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका ४ स्थित बजार क्षेत्रबाट भन्सार छली गरी ल्याउदै गरेका अवस्थामा १४ लाख नौ हजार नौ सय ५० रुपैयाँको सामान बरामद गरिएको प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए।

भन्सार छलेर म १ च ३२९ र म १ च ३२३ नम्बरका दुई वटा सवारी साधनमा कपडा, बिजुलीका सामान ल्याई रहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त सामान बरामद गरेको उनले बताए। उक्त समान, सवारी साधन र चालकहरूलाई आवश्यक कारबाहीको लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *