प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न शेरबहादुर देउवा बालुवाटार पुगे

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १ गते

प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसका सभापति  देउवाबीच छलफल भइरहेको छ ।

प्रधानमन्त्री ओलीले विभिन्न विषयमा छलफल गर्न बोलाएपछि सभापति देउवा बालुवाटार जानुभएको उहाँ निकट स्रोतले जनाइएको छ । स्रोतका अनुसार संवैधानिक अंग तथा विश्वविद्यालयहरूमा रिक्त रहेका पदमा नियुक्तिलगायत समसामयिक विषयमा छलफल भइरहेको छ।  

बैठक बिहान साढे ११ बजेबाट शुरू भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *