भन्सार छली गरी ल्याईएको दुई लाख बढीको सामान कैलालीबाट बरामद

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, भदौ १ गते

कैलालीमा भन्सार छली गरी ल्याईएको दुई लाख बढीको सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याईएको सामान बरामद गरेको हो।

धनगढी उपमहानगरपालीका वडा नम्बर ८ मा वेवारिसे  अवस्थामा ३५ हजार बराबरको चार बोरा सुपर पावर सुर्ती,  वडा नम्बर ७ बाट से १ ह २२८७ नम्बरको अटो रिक्साबाट चार बोरा बिडि बरामद गरिएको छ। 

यस्तै  एक बोरा सुपर पावर सुर्ती, दुई बोरा प्लाष्टिकको झोला गरी एक लाख ४५ हजार र टीकापुर नगरपालिका वडा नम्बर ७ को खैरीघाटबाट चार क्विन्टल ५० किलोग्राम केराउ गरी दुई लाख साढे दुई हजार बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

भन्सार चोरी पैठारी गरी ल्याई बेबारिसे अवस्थामा रहेको सरसामानहरु फेलापारेकोले आवश्यक कारबाहीका लागी भन्सार कार्यालयमा बुझाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *