भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ हजार नाघ्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ १ गते

भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ५१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९६१ जनाको मृत्यु भएसँगै भारतमा सोमबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५१ हजार ५९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै भारतमा एकैदिन ५८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ५८ हजार १०८ जना संक्रमित भएसँगै सोमबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २६ लाख ४८ हजार ३५३ पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म १९ लाख २० हजार २१७ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ७८ हजार १९५ जनाको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *