अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, भदौ १५ गते
वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीका ७८ वर्षीय बुवा चिरञ्जीविलाल सरावगीको मृत्यु भएको छ ।
उनको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा गएराति १२:५ मृत्यु भएको हो ।
साउन २४ गते देखि उनलाई काठमाडौंस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । मुटु र मिर्गौलामा जटिल समस्या देखिएपछि अस्पतालको अति सघन कक्षमा राखेर उपचार चलिरहेको थियो ।
आज सोमबार बिहान १० बजे काठमाडौंस्थित पशुपति आर्यघाटमा उनको दाहसंस्कार गर्ने कार्यक्रम रहेकोविजय कुमार सरावगीले जनाएको छ ।