अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १५ गते
हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ । साथै भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम-उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने देखिन्छ ।
हाल प्रदेश न १, प्रदेश न २ र गण्डकी प्रदेशका सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का बर्षा भएको छ। अन्य भु-भमगमा आंशिक बदली रहेको छ।
सोमबार देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश न.१, प्रदेश न. २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन जल तथा मौसम बिज्ञान बिभागले सतर्कता अपनाउन आग्रह गरेको छ।