अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, भदौ १५ गते
भन्सार छली ल्याएको करिब ३ लाख मूल्य बराबरको मोबाईलका समानहरु धनगढीबाट प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा वेवारिसे अवस्थामा छोडिएका २ लाख ९५ हजार ९ सय ५० मूल्य पर्ने चोरी पैठारीका ब्याट्री र डिस्प्ले बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अनुसार विभिन्न ब्राण्डका मोबाईलका एक सय २३ थान ब्याट्री र एक सय ७५ थान डिस्प्ले बरामद गरी आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय बुझाईएको जानकारी दिए।