अनलाईन न्युजपाटी, कैलाली ,समाचारदाता, भदौ १५ गते
भन्सार छलीको सामान सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को चटकपुरबाट भन्सार छलीको सामान सहित गोदावरी नगरपालिका वडा नम्बर ७ का धनबहादुर देउवालाई पक्राउ गरेको हो ।
भारतबाट अवैध रुपमा भन्सार चोरी पैठारी गरी ट्याक्टरका विभिन्न पाठ पुर्जा र सुपर पावर सुर्ती गरी ३५ हजार आठ सय बराबरको सामान ल्याउँदै गर्दा उनलाई पक्राउ गरिएको छ।
देउवालाई आवश्यक कारवाहीका लागि बरामद गरिएको सामान सहित त्रिनगर भन्सार कार्यालय कैलालीको जिम्मा लगाईएको प्रहरीले जनाएको छ।