भदौ मसान्तसम्म आन्तरिक उडान, लामो दूरीको यातायात र शैक्षिक संस्था नखुल्ने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १५ गते

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ मसान्तसम्म आन्तरिक हवाई उडान, लामो दूरीका यातायातका साधन र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कोरोना महामारी बढेको निष्कर्ष निकाल्दै लामो, मध्यम तथा छोटो दूरीका सवारी साधनहरु भदौ मसान्तसम्मका लागि बन्द गरेको बताइएको छ ।

यस अगाडि  सरकारले १५ भदौसम्मका लागि लामो दूरीका यातायातका साधन र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाइ उडान पनि भदौ मसान्तसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ । बैठकले कोरोना संक्रमण फैलिने क्रम नरोकिएकाले आन्तरिक हवाई उडान पनि भदौ मसान्तसम्म बन्द गर्ने बताइएको छ ।

मन्त्रीपरिषद्को बैठकले कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि अहिले लागू गरिएका निर्णयलाई थप कडाइ गर्ने निर्णय पनि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *