धनुषामा एक साताका लागि थपिए ( निषेधाज्ञा ) लकडाउन

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १४  गते

धनुषामा जारी निषेधाज्ञा भदौ २१ गतेसम्म बढाइएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको बठैकले निषेधाज्ञाको समय बढाएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।

नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराउनका लागि स्थानीय प्रशासन ऐन २०२८ दफा  ६ को उपदफा (३) अनुसार सो आदेश जारी गरिएको हो ।

धनुषामा कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर रुपमा वृद्धि हुन थालेपछि स्थानीय प्रशासनले यही साउन १९ गतेदेखि शुरु गरेको एक साताको लकडाउनको अवधिमा एक-एक साता थपिँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *