नेपालमा आज कोरोना सङ्क्रमण थप १४ जनाको मृत्युको पुष्टि

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १४  गते

नेपालमा आज थप १४ जनाको मृत्यु भएको छ । यो सँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २२१  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०  पुरुष र ४ महिला गरी १४ जनाको ज्यान गएको जानकारी दिए ।

उनका अनुसार सुनसरीका ७४ बर्सिय एक महिला, बाराको ४७ बर्सिय एक महिला, महोत्तरीका ६२ बर्सिय र काठमाडौँका ७२ बर्सिय एक महिला गरि चार महिलाको मृत्यु भएको छ ।

सुनसरीको ६० बर्सिय एक पुरुष, मोरंग को ६२ बर्सिय, महोत्तरी को ७० बर्सिय र ३५ बर्सिय दुई जना, रौतहटको ३० बर्सिय एक जना, ललितपुरको २९ बर्सिय, भक्तपुरको ६५ बर्सिय, नवलपरासीको ६२ बर्सिय, रुपन्देहीका ५७ र ६७ दुई पुरुष गरि १० जना पुरुषको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *