सिरहामा दलितलाई पहिलो प्राथमिकता गाउँपालिका अध्यक्ष यादवको अथक प्रयासमा बिपन्नलाई राहत

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, भदौ २२ गते

गैरसरकारी संस्था चु जी फाउन्डेसन र ताईवानका आर्थिक सहयोग र दलित सरोकार नेपाल सप्तरीको सहकार्यमा सखुवानन्कारकट्टी गाउँपालिका का वडा नम्बर ५ बाट राहत वितरण कार्यक्रम सुरु गरेका छन् ।

वडाका कुल १२३४ घरपरिवारलाई राहत वितरण गर्ने भएको छ । शनिबार पहिलो दिन वडा ५ का दलित समुदायले राहत पाएका छ्न भने दोस्रो दिन वडा नम्बर ४ का दलित समुदायका १५२ जना बिपन्न परिवारले राहत पाएका छन्   ।

राहत स्वरुप चामल २५ किलो, गहुँको पिठो १० किलो, १ किलो चना, १ किलो मसुर दाल, १ लिटर खाने तेल, १ किलो नुन, ६ वटा नुहाउने साबुन लगायतका राहत पाएका गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष रमेश गोइतले जानकारी दिनु भयो । बिगत ७ महिना देखी कोरोनाको कहरमा परेका बिपन्न परिवारलाई  हात मुख जोडन समस्या भएको स्थानीयको भनाई छ ।

सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदार नाथ यादवको अथक प्रयास एवं पहलमा चु जी संस्थाले उक्त गाउँपालिकाका जम्मा १२३४ घर परिवारलाई राहत वितरण गर्ने भएको छ ।

चु जी संस्था सम्बद्ध दलित सरोकार मन्च कंचनपुर सप्तरीका सदस्य एवं सखुवानन्कारकट्टीका कोर्डिनेटर अजय कुमार रामको अनुसार लामो लकडाउनले बेरोजगारी गुमाएका कारण दलित समुदायलाई हात मुख जोड्न समेत कठिनाइ भोग्नु परेको छ । रामले दलितको कहालीलाग्दो अवस्थालाई मनन गर्दै यस प्रकारको राहत योजना ल्याएको बताए ।

चु जी संस्थाले दिएको राहत कार्यक्रमलाई औचित्यपूर्ण बनाउन सखुवानन्कारकट्टीका अध्यक्ष केदारनाथ यादवले खाद्यान्न ढुवानी तथा वितरण गर्ने जनशक्ति गा. पा स्तर बाटै ब्यवस्थापन गरेको स्रोतले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *