गिरिजा प्रसाद फाउन्डेसन पर्साद्धारा बहुदरामाई न. पा. मा निशुल्क आखाँ शिबिर

अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता, असोज २२ गते

 विश्व दृश्टि  दिवसको अवसरमा आज गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले निशुल्क आखाँ शिविरको आयोजना गरेको छ ।

बहुदरामाई नगरपालिका वडा नं ३ नकरदाहा महाविर साह मा.वि.को प्रागँनमा फाउण्डेसनका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षता तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं तराई मधेस समन्वय  बीभाग प्रमुख अजय कुमार चौरसियाको प्रमुख आतिथिमा सम्पन्न भएको छ ।

मानिसको शरिरमा आखां  सबै भन्दा अमुल्य अंग भएको र आखा बिना संसार नै अँध्यारो देखिने  हुनाले  आखाँलाई डाक्टरको सल्लाह अनुसार चेक जाँच गरेर सावधानी गरीनुपर्ने नेपाली कांग्रेस केन्द्रिय सदस्य नेता अजय चौरसियाले बताएका छन।

आज भएको आखा शिविर र्कायक्रममा २२५ जना ले चेक जांच गराई सेवा लिएको मातृका आई फाउण्डेशनका चिकित्सक डा महेश सिंह धामिले जानकारी दिए । जस मध्ये १३७ जना महिला र ८८ पुरुष रहेका छन् ।

चेकजाँचका क्रममा १२६ जनाको आँखामा मोतिबिन्दुको समस्या देखिएको पाइएको छ जसमा ७१ जना महिला र ५५ जना पुरुष रहेको डा धामिले बताएका छन।

उक्त कार्यक्रममा मोतिबिन्दुको समस्या देखिएका आँखा रोगीहरुलाइ माट्रिका आई फाउण्डेशनले गिरिजा प्रसाद  फाउण्डेशन पर्साको सहयोगमा निःशुल्कशल्यक्रियाको व्यसथा गरेको जिपि  फाउण्डेशनका पर्साका अध्यक्ष  महमद साहबुदिन ले बताएका छन ।  

उक्त निशुल्क आखा शिविर कार्यक्रममा बिशिष्ट अतिथि प्रदेश सांसद राजेश्वर साह तेली,बहुदरामाई नगरपालिका मेयर नितेन्द्र साह, तराई मधेश समन्वय विभागका सचिव एवं नेपाली काँग्रेस का नेता रामनारायण प्रसाद कुर्मी,अतिथि राज देव यादव,वडा अध्यक्षद्धय जितेन्द्र पटेल, दिनेश यादव,पप्पु सिहं, वहाब अंसारी,तरुण दलका सदस्य इमाम हुसैन,ने.वि संघका जिल्ला सह सचिव दिपेश श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *