प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै

अनलाईन न्युजपाटी  काठमाडौँ,समाचारदाता,पुस १० गते।

संसद विघटनविरुद्ध परेका १३ वटा रिटमा आजदेखि संवैधानिक इजलासमा सुनुवाई शुरु हुँदैछ ।

बुधबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरूद्ध परेका सबै मुद्दालाई संवैधानिक इजलासमा बहस गर्ने निर्णय गरेको थियो ।

अधिवक्ता सन्तोष भण्डारीले दर्ता गरेको अर्को रिट पनि संवैधानिक इजलासमै छ । बुधबार १२ वटा रिटमाथि एकैपटक सुनुवाइ भएको थियो ।

बुधबारको आदेशपछि आजदेखि सुनुवाइ शुरु हुन लागेको हो । संवैधानिक इजलासमा प्रधानन्यायााधीशसहित पाँच जना न्यायाधीश हुन्छन्। यसका लागि सर्वोच्चले बनाएको रोष्टरमा भएका १० मध्ये चार जना न्यायाधीश प्रधानन्यायाधीश राणाले छान्नुहुनेछ ।

विघटनविरुद्ध सर्वोच्चमा परेका सबै रिटमा प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै खारेजीको माग गरिएको छ।

रिटमा प्रधानमन्त्री र राष्ट्रपतिले मनोगत लहडका आधारमा प्रतिनिधिसभा विघटन गरेको, नभएको अधिकार प्रयोग गरेको तथा मन्त्रिपरिषद्को सिफारिस र राष्ट्रपतिबाट जारी हुने दुवै कार्य असंवैधानिक रहेको जिकिर गरिएको छ ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि अब सबैको नजर न्यायालयमा केन्द्रित छ । तर १३ वटा रिटमाथि सुनुवाइ गर्नुपर्ने भएकाले यो मुद्दा केही लम्बिने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *