अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १० गते।
येशुको जन्मोत्सवको उपलक्ष्यमा नेपाली इसाईहरूले पनि आज क्रिसमस दिवस मनाउँदैछन् ।
येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाइने गरिन्छ । आजभन्दा २ हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो ।
येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्ने जनाइएको छ ।
क्रिसमसको अवसरमा काठमाडौंको ठमेल, पोखरा लगायतका ठाउँमा अघिल्ला वर्षकहरूको जस्तो यस पटक रौनक छैन ।
‘क्रिसमस ट्री’ लगायतका सजावटले बजार र ठूला व्यापारिक स्थलमा आकर्षण थपिने गर्छ ।