अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस ११ गते।
राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाको माग गर्दै आज काठमाडौंमा बृहत् मोटरसाइकल र्याली निकालेको छ ।
राप्रपाको यो र्याली बबहरमहलबाट सुरु भएर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमल हुँदै दरबार मार्गसम्म पुगेको थियो ।
र्यालीमा राप्रपाका अध्यक्ष कमल थापा, डा.प्रकाशचन्द्र लोहनी र वरिष्ठ नेताहरू समेत सहभागी थिए ।
पुस १७ गते उपत्यकामा बृहत प्रदर्शन गर्ने तयारी पनि राप्रपाले गरेको छ ।