चितुवाको छाला र हड्डीसहित कैलालीबाट ३ जना पक्राउ

अनलाईन न्युजपाटी  कैलाली,समाचारदाता,पुस ११ गते।

कैलालीबाट चितुवाको छाला र हड्डीसहित तीन जना पक्राउ परेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–४ का ३१ वर्षीय किरन पुन, आदर्श गाउँपालिका–५ लामीखालका ३५ वर्षीय वीरबहादुर धामी र २२ वर्षीय योगेन्द्र धामी रहेका छन् । 

कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई चितुवाको छाला र हड्डीसहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धनगढीमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *