अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,पुस ११ गते।
मोरंगबाट भारतीय नक्कली नोटसहित २ जना पक्राउ परेका छन ।
मोरंगको रंगेलि नगरपालिका ८ स्थित दर्बेसाबाट भारत तर्फबाट नेपाल प्रवेश गर्दै गरेका भारतीय नम्बर प्लेटको मोटरसाइकल सवार २ जनजालाई चेकजाँच गर्ने क्रममा प्रहरीले २ सय र सय दरका १७ हजार ७ सय रुपैयाँ भारतीय नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेका मण्डलको साथबाट प्रहरीले ३ हजार ४ सय बराबरको २ सयका दरको भारतीय नक्ली नोट बरामद गरेको थियो ।
त्यस्तै, पछाडी सवार सिंहको साथबाट प्रहरीले १४ हजार ३ सय बराबरको सयका दरको नक्कली नोट बरामद गरेको उक्त कार्यालयले जनाएको छ ।
पक्राउ परेका दुबैजना माथी थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।