अनलाईन न्युजपाटी, संजु छतकुलि,वीरगंज,समाचारदाता जेठ ५ गते
नेपाली काग्रेसका महासमिति सदस्य एवम प्रदेश सभा उम्मेदवार रामरुप कुर्मीले देशमा स्वास्थ्य, मानवीय, आर्थिक र राजनीतिक संकट देखिएका वेला पनि त्यसलाई सम्बोधन गर्ने नीति तथा कार्यक्रम नआएको बताएका छन् ।
स्वास्थ्यमा सामान्य उपकरण पनि उपलब्ध नभएको भन्दै उनले सरकारको कटाक्ष गरे । उनले भने, ‘अहिले मूल चारवटा संकट छ । स्वास्थ्य, मानवीय, आर्थिक र राजनीतिक संकट देखापरेको छ । यसलाई कसरी हल गर्नेबारे स्पष्ट छैन । स्वास्थ्यमा न्यून सङ्ख्यामा वार्डसमेत छैन । औषधि, उपकरण छैन । जनशक्ति छैन । यसको व्यवस्थापन कसरी गर्ने अत्तोपत्तो छैन । रोगसँग लड्न सक्ने अवस्था रहेको छैन ।’
नीति तथा कार्यक्रमले महामारीको बेलामा सरकारले लागु गरेको लकडाउनकमा जनताको लागि राहत प्याकेज को ब्यसथा गर्न नसकेको उनको भनाइ छ । संकटलाई रोक्न तत्कालीन, मध्यकालीन र दीर्घकालीन राहत व्यवस्था गर्नुपर्ने भए पनि नीति तथा कार्यक्रमले त्यता ध्यान नदिएको उनले बताए
कोरोना रोकथामका लागि आवश्यक जनशक्ति र उपकरण उपलब्ध नभएको उनको भनाइ छ । ‘सरकारले लकडाउन र न्यून परीक्षणबाहेक केही गरेको छैन,’ उनी भन्छन् ।
प्रदेश नमबर २ मा बढि कोरोना संक्रमित भए पनि प्रदेश सरकार र केन्द्रीय सरकारले आज सम्म कोरोना अस्पताल बनाउन सकेन। राहतको नाउमा मात्र राजनीतिक भएको देखिएको छ।
माहामारिको बेलामा पानी जहाज , आवधि योजनाको जरुरि छैन तर बिदेशबाट घर र्फकि रहेको युवा तथा मजदुर लागि सरकारले रोजगारीको सृर्जना गर्नु पर्छ। लकडाउन र कर्फु लगाएर मात्र कोरोना भाइरस लागने बाट समस्या समधान हुदैन त्यसको लागि सरकारले तुरुन्तै घरघरमा स्वास्थ टोली पैठाई चेकजाँच गर्नु पर्नै बताएका हुन।
लकडाउन र कर्फुको बेलामा सरकारले जनताको घरघरमा होमडिलेभरी सेवा बाट जनताको निति तथा कार्यक्रम जनता मुखि छैन नेपाली काग्रेस महासमिति सदस्य कुर्मी आवशयक पर्ने खाघान्न बस्तुहरु पुर्याउनु पर्छा ।
निति कार्याक्रममा सरकारले युवाहरूलाई देशमा पूर्वाधर विकास, कृषि र स्वास्थ र खेलकुदको आर्थिक संकटको रूपमा हेर्दा राजनीतिक स्थिरता दिएर सरकार बन्यो, तर बजेट खर्च गर्ने क्षमता नै छैन सरकारसँग युवा नेता रामरुप कुर्मीले बताउनु भयो।।